
भारतमा एक करोडभन्दा बढीकाे काेराेना भाइरस परीक्षण भएकाे छ। तीमध्ये ७ लाख १९ हजार ६ सय ६५ जनामा काेराेना पुष्टि भएकाे छ।
भारतीय संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार मंगलबारसम्म ६१.१३ सङ्क्रमित व्यक्ति उपचारपछि निको भई घर फर्किएका छन् ।
संक्रमितमध्ये चार लाख ३९ हजार ९ सय ४७ जना उपचारपछि निकाे भएर घर फर्किएका छन्। विगत २४ घण्टामा भारतमा २२ हजार २ सय ५२ मा काेराेना पुष्टि भएकाे छ।
भारतभर एक हजार ११५ ल्यावबाट कोरोना परीक्षण भएको छ ।