०७ साउन २०८३, बिहीबार

चीनले हङकङमा खोल्यो नयाँ सुरक्षा कार्यालय, सरकारको आलोचना गर्नेलाई समात्ने

असार २४, २०७७
चीनले हङकङमा खोल्यो नयाँ सुरक्षा कार्यालय, सरकारको आलोचना गर्नेलाई समात्ने

चीनले हङकङमा नयाँ राष्ट्रिय सुरक्षा कार्यालय आधिकारिक रूपमा खोलेको छ । अर्थात् पहिलोपटक त्यहाँ चिनियाँ मुख्यभूमिका एजेन्टहरू परिचालन गरिएका छन् । 

नयाँ कानून पारित गरेपछि यो कार्यालय स्थापना गरिएको हो । यस कानून अन्तर्गत चीन सरकारको आलोचना दण्डनीय अपराध बनेको छ ।

यो कानून पारित नहोउन्जेल हङकङ मात्र त्यस्तो चिनियाँ भूमि थियो जहाँ सरकारको आलोचना गर्न छुट थियो । 

कानूनले हङकङमा त्रास फैलाएको छ तर अधिकारीहरूले यसबाट स्थिरता आउने बताएका छन् । 

हङकङकी प्रमुख कार्यकारी क्यारी लामले राष्ट्रिय सुरक्षा कानूनहरूको अध्ययन गर्ने हो भने यो कानून अलिक नरमै भएको बताइन् । यसले हङकङवासीहरूलाई भयभीत नभई तथा आक्रमणमा नपरी अधिकार तथा स्वतन्त्रता अभ्यास गर्न समर्थ बनाउने उनको भनाइ छ । 

नयाँ खोलिएको अस्थायी कार्यालय कजवे बेको एक होटलमा छ । त्यो व्यापारिक केन्द्र भिक्टोरिया पार्कमा छ जहाँ लोकतन्त्रसमर्थक विरोध प्रदर्शन र जुलूसहरू हुने गरेका छन् । 

कार्यालय शुभारम्भको एक समारोह बुधवार बिहान राखिएको थियो र त्यसमा क्यारी लाम तथा कार्यालय प्रमुख झेङ यानसियोङ उपस्थित थिए । 

कार्यालय बाहिर चिनियाँ झण्डा फहराइएको थियो र कडा सुरक्षा प्रबन्ध मिलाइएको थियो ।

चिनियाँ मुख्यभूमिका सुरक्षा एजेन्टहरू नयाँ कार्यालयमा रहनेछन् र पहिलोपटक उनीहरूले नयाँ कानूनबाट परिभाषित विभिन्न अपराधको अनुसन्धान गर्नेछन् । दोषी ठहर गरिएकाहरूले पुर्पक्षका लागि उनीहरूले चिनियाँ मुख्यभूमि लग्नेछन् । 

चीनमा पुर्पक्षहरूले शतप्रतिशत कसूर ठहर गर्ने गरेका छन् ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्