२८ जेठ २०८३, बिहीबार

हजुरबुवाको २६औं पुण्यतिथिमा देखिए किम जोङ उन

असार २४, २०७७
हजुरबुवाको २६औं पुण्यतिथिमा देखिए किम जोङ उन

उत्तर कोरियाका नेता किम जोङ उनले आफ्ना हजुरबुवा किम इल सुङको पार्थिव शरीर राखिएको स्थानमा गएर श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उनीसँग शिरदेखि पाउसम्म कालो वस्त्र लगाएका अधिकारीहरू पनि उपस्थित थिए । 

हजुरबुवा किमको बुधवार २६औं पुण्यतिथि परेको छ । उनको शरीरलाई कुमुसुसान प्यालेस अफ द सन नामक कब्रिस्तानमा राखिएको छ । 

किमसँग रहेका सैन्य अधिकृत कसैले पनि मास्क लगाएका थिएनन् । 

उनीसँग शीर्ष नेताहरू चोइ र्‍योङ हे, पाक पोङ जु, किम जे र्‍योङ लगायत पनि भएको सरकारी सञ्चारमाध्यमले लेखेको छ । 
 

हजुरबुवाको जन्मजयन्ती गत अप्रिल महिनामा हुँदा किम सार्वजनिक समारोहमा देखिएका थिएनन् । त्यपछि उनको स्वास्थ्यस्थितिका विषयमा अनेकौं हल्ला चलेका थिए । 

त्यसयता किम सार्वजनिक स्थानमा जम्मा नौपटक देखिएका छन् । 

अघिल्लो साता उनी पार्टीको राजनीतिक ब्यूरोको बैठकमा देखापरेका थिए । 

किम इल सुङ उत्तर कोरियाका संस्थापक नेता थिए । उनले सन् १८४८ देखि मृत्युपर्यन्त सन् १९९४ सम्म देशको शासन चलाएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्