
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मा जागिर लगाइदिने भन्दै ठगी गर्ने नवलपरासी सुस्ता पूर्वका एक जना पक्राउ परेका छन् ।
भरतपुर महानगरपालिकाकी एक जना महिलालाई डब्ल्यूएचओमा काम गर्ने कर्मचारी भएको भन्दै उनलाई पनि जागिर लगाइदिने बाहानामा वैशाख २९ गते र असार ७ गते आईएमईमार्फत १ लाख ८२ हजार रुपैयाँ ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाले नवलपरासी सुस्ता पूर्व देउचुली नगरपालिका–१५ का ३४ वर्षीय विजय पाण्डेलाई हिजो दिउँसो बानेश्वरबाट प्रहरीले पक्राउ गरेको छ ।
उनले ती महिलालाई विभिन्न समयमा अफर लेटर, लाइफ इन्सुरेन्स कम्पनीका कागजहरू पठाएर विश्वासमा लिएको प्रहरीले जानकारी दिएको छ ।
उनले विश्व स्वास्थ्य संगठनको कर्मचारी भएको बन्दै भरतपुर महानगरपालिकाका अर्का पुरुषलाई पनि ३ लाख ५० हजार रुपैयाँ ठगेको पाइएको छ ।
यस्तै काठमाडौं शंखमुलको एउटा फर्निचर पसलबाट १८ लाखको समान समेत ठगेका छन् भने विश्व स्वास्थ्य संगठनमा काम लगाइदिने भन्दै अन्य ६ जनालाई समेत ठगेको भन्ने खुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।