
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्याकामा २३ जना कोरोना संक्रमित थपिएको जनाएको छ ।
बुधवार नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा २३ संक्रमित फेला परेको जानकारी दिएका हुन् ।
काठमाडौँ जिल्लामा १६ र ललितपुर जिल्लामा ७ जनाको पीसीआर परीक्षण पोजिटिभ आएको हो ।