२५ जेठ २०८३, सोमबार

हतारमा फुट्ने र फुर्सदमा पछुताउने अवस्था आउन नदिन लागिपरेकाे छु- प्रचण्ड

हतारमा फुट्ने र फुर्सदमा पछुताउने अवस्था आउन नदिन लागिपरेकाे छु- प्रचण्ड

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई विधि, पद्धति र एकताबद्ध बनाउन रचनात्मक दबाब आवश्यक भएको बताएका छन्।

 आइतबार भरतपुरमा आयाेजित भेलालाई संवोधन गर्दै प्रचण्डले उने, ‘पार्टी एकता गरेर कम्युनिष्ट पार्टी निर्माण गर्ने अठोटका साथ विगतमा निर्वाचनमा गएको बताउँदै त्यसको परिणाम स्वरूप झन्डै दुई तिहाइनजिकको जनमत नेपाली जनताले दिएका हुन्, यसबाट कोही कसैलाई भाग्ने वा बहानाबाजी गर्ने छुट छैन।’

उनले अगाडि भने, ‘तपाइँहरू सबैलाई थाहै छ पार्टीभित्र गम्भीर समस्या सृजना भएको छ तर यो होइन कि पार्टी फुटिहाल्छ।’ आफू पार्टीमा देखिएका पछिल्ला संकटबारे गम्भीर छलफलमा रहेको बताउँदै उनले जिल्लाका नेता कार्यकर्ताहरूलाई नहतारिन आग्रह गरे।

उनले हतारमा फुट्ने र फुर्सदमा पछुताउने अवस्था आउन नदिन आफू हदैसम्म लचकताका साथ लागिपरेको धारणा व्यक्त गरे। ठूलो पार्टीमा विवाद आउनु नौलो नहुने बताउँदै उनले विधि र जनवादी केन्द्रीयताको आधारमा एकदाबद्ध हुने सैद्धान्तिक यथार्थलाई सम्पूर्ण कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले मान्नै पर्ने बताए। दुई ठूला पार्टीबीचको एकता अभूतपूर्व भएको भन्दै यसलााई बचाइराख्नु हामी सबैको दायित्व भयको उनको भनाइ थियो ।                              

salt training

कमेन्ट गर्नुहोस्