![कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ६१३, कुन जिल्लामा कति थपिए ? [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Corona_update_933r1Sdgan.png)
नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप १ सय ४४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।
कुन जिल्लामा कति थपिए ?
सुर्खेत ४१
धनुषा २७
कैलाली ११
कपिलवस्तु ९
रौतहट ९
ललितपुर ५
झापा ४
महोत्तरी ४
काठमाडौं ३
बाग्लुङ २
तनहुँ २
बर्दिया २
दाङ २
रुकुम पश्चिम २
दैलेख २
बझाङ २
बैतडी २
म्याग्दी २
मोरङ १
सुनसरी १
सप्तरी १
भक्तपुर १
काभ्रे १
दोलखा १
मकवानपुर १
सिन्धुली १
पर्वत १
स्याङ्जा १
बाँके १
जाजरकोट १
अछाम १
संक्रमितमध्ये १० हजार २ सय ९४ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
कुल संक्रमितको ६० दशमलव ७ प्रतिशत निको भएर डिस्चार्ज भएको जानकारी प्रवक्ता गौतमले दिए ।
हाल अस्पतालमा उपचाररत संक्रमितको संख्या ६ हजार ६१३ छ भने ३८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।