
सुन्दर यातायातका बसहरू काठमाडौं उपत्यकामा मंगलवारदेखि चल्ने भएका छन् ।
आइतवार एक विज्ञप्ति जारी गर्दै कम्पनीले मंगलवारदेखि काठमाडौं उपत्यकामा बस सञ्चालनमा ल्याउन लागेको बताएको हो ।
यससँगै कम्पनीले पुरानै भाडादरमा बस सेवा सञ्चालन गर्ने घोषणा गरेको छ । सरकारले सार्वजनिक यातायातले बढीमा ५० प्रतिशतसम्म भाडा वृद्धि गर्न सकिने व्यवस्था गरेपनि उसले भने पुरानै भाडादरमा यात्रा गराउने जनाएको हो ।
कम्पनीले कोभिड १९ महामारी भित्रनु पूर्व नै यात्रुहरूको ज्वरो जाँच गरेर यात्रा गराउने गरेको जनाउँदै अहिले पनि सुरक्षामा कुनै कमी हुन नदिने जनाएको छ । 