![स्याङ्जाको कालीगण्डकीमा पहिरो, ३ को मृत्यु १ बेपत्ता [अपडेट]](https://lktcdn2.prixacdn.net/media/jajarkot_pahiro_3izhc7zYrV.jpg)
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घामा पहिरोले पुरिएर ३ जनाको मृत्यु भएको छ, १ जना बेपत्ता भएका छन् भने २ जनालाई घाइते अवस्थामा उद्दार गरिएको छ ।
बिहान साढे ९ बजे गएको पहिरोमा बेपत्ता भएकाको खोजीकार्य जारी रहेको छ ।
घटनास्थलबाट नेकपा स्याङ्जाका अध्यक्ष सुर्य शर्मा ‘पारस’ले लोकान्तरलाई दिएको जानकारी अनुसार बेपत्ताको खोजीकार्य जारी रहेको छ ।
‘घाइतेलाई उपचारका लागि अस्पताल पुर्याइएको छ भने बेपत्ताको खोजीकार्य जारी छ,’ पारसले भने, ‘बिहानैदेखि प्रहरीको टोलीले उद्दार कार्य थालनी गरेको थियो ।’

