
पार्टीभित्र देखिएको विवाद समाधानको प्रयासस्वरूप नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधवार पनि छलफल हुँदैछ ।
ओलीसँग छलफल गर्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
अध्यक्षद्वयबीच मंगलवार संक्षिप्त भेट भएपनि विषय केन्द्रित छलफल भएको थिएन ।
बालुवाटार पुगेका प्रचण्ड प्रधानमन्त्री ओली थकित मुद्रामा देखिएको भन्दै केहीबेरमै बाहिरिएका थिए । गत बुधवारपछि ओली प्रचण्डबीच लामो छलफल भएको थिएन ।
असार १० गतेदेखि शुरू स्थायी कमिटी बैठक बीचमै रोकेर ओली र प्रचण्डबीच निरन्तर छलफल भइरहेको छ ।
दुई अध्यक्षबीचको छलफल सकारात्मक रहेपनि सहमति जुटिसकेको छैन ।
स्थायी कमिटी बैठकमा ओलीको राजीनामा माग गरिएपछि नेकपा विवाद नयाँ चरणमा प्रवेश गरेको थियो ।
असार १८ गतेदेखि लगातार स्थगित हुँदै आएको नेकपा स्थायी कमिटीको बैठक साउन २ गतेका लागि बोलाइएको छ ।