
निजी क्षेत्रको अग्रणी बैंक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्योति पाण्डे पुन: नियुक्त भएका छन् ।
मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि पाण्डेलाई सीईओमा निरन्तरता दिने निर्णय गरेको हो ।
यस कार्यकालमा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै पाण्डेलाई सीईओमा निरन्तता दिने निर्णय भएको बैंकका एक सञ्चालकले लोकान्तरलाई जानकारी दिए ।
पाण्डेको कार्यकाल यही असार मसान्तमा सकिँदै थियो ।
नेपाल राष्ट्र बैंकबाट बैंकिङ करियर शुरू गरेका पाण्डेले पछि हिमालयन बैंकमा काम गरेका थिए ।
तत्कालीन इन्डोस्वेज बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकको नामबाट कारोबार शुरू गरेपछि पाण्डेले इन्भेष्टमेन्ट बैंकमा काम शुरू गरेका थिए ।
पाण्डे ८ वर्षअघि बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए ।