
दक्षिण चीन सागरमा चीन र अमेरिकाले युद्धाभ्यास गरिरहँदा भूलवश आमनेसामने भएर गरिने युद्धको खतरा बढेको विश्लेषकहरूले बताएका छन् ।
अमेरिकाले आफ्ना दुई युद्धपोत दक्षिण चीन सागरमा पठाउँदा उक्त क्षेत्रमा चीनसँग शीतयुद्धको स्थिति आउने पक्का भइसकेको छ ।
विज्ञहरूका अनुसार, अमेरिकाले दक्षिण चीन सागरमा सैन्य गतिविधि बढाउन सक्छ । चीनलाई घेर्ने अमेरिकी रणनीतिबाट बनेको भूराजनीतिक पासोमा दक्षिणपूर्वी एसियाका मुलुकहरू फस्नु नहुने चीनको भनाइ छ ।
नेसनल इन्स्टिच्युट फर साउथ चाइना सी स्टडीजका रिसर्च फेलो चेन सियाङमिआओले ग्लोबल टाइम्स पत्रिकालाई बताएअनुसार, अमेरिका र भियतनामले दक्षिण चीन सागरमा युद्ध शुरू गर्नका लागि आवश्यक पृष्ठभूमि तयार पार्न सक्ने बताए ।
चीन र भियतनामले सन् २०१९ मा वानान तानमा भिडन्त गरेपछि गरेदेखि अमेरिकी कूटनीतिकर्मी र मिडियाहरूले भियतनामको पक्षमा आवाज उठाइरहेका छन् । यसलाई अवसर बनाएर दुई देशले रक्षा र सुरक्षा साझेदारी बढाएका छन् ।
अमेरिकालाई दक्षिण चीन सागर अस्थिर बनाउनका लागि भियतनाम नयाँ एजेन्टका रूपमा खडा भएको र उसले भियतनाममा सेना तथा कोस्टगार्डको अड्डा बनाउन सक्ने, सूचना संकलन गर्ने, खोजी निगरानी गर्ने तथा सागरमा चिनियाँ गतिविधि रोक्ने काम गर्न सक्नेछ ।
दक्षिण चीन सागरबाहेक मध्य एसियामा चीनलाई रोक्नका लागि अमेरिकाले मानवअधिकारको कुरा उठाउन सक्ने शांघाइस्थित फदान विश्वविद्यालयमा इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडीजका डीन वु सिन्बोले बताए ।
अमेरिकाले ताइवान जलप्रपातमा समेत आफ्ना स्रोत परिचालन गरेर समस्या जन्माउन सक्ने उनले पूर्वानुमान गरे ।