०७ असार २०८३, आइतबार

मुद्दा दर्ता भएकै दिन फैसलाको मिति

साउन २, २०७७
मुद्दा दर्ता भएकै दिन फैसलाको मिति

देशभरका जिल्ला अदालतमा मुद्दा दर्ता भएकै दिन सुनुवाइको समय तालिकासहित फैसला हुने सम्भावित मितिसमेत तोकिने व्यवस्था शुरू गरिएको छ ।

सर्वोच्च अदालतले बिहीबारदेखि नयाँ मुद्दा व्यवस्थापन पद्धति लागू गर्दै मुद्दाको स्वरूप र अवस्था हेरी दर्ता भएकै दिन सुनुवाइको समय र फैसला हुने सम्भावित मितिसमेत तय गरिने बताएको हो ।

‘देशव्यापी रूपमा सबै न्यायालयमा यो पद्धति लागू गर्ने योजना हो, हाललाई भने सबै जिल्ला अदालतमा साउन १ देखि शुरू गरिएको छ,’ सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले भने, ‘भदौ १ देखि सबै उच्च अदालतमा पनि शुरू हुनेछ ।’

नयाँ पद्धतिअनुसार दर्ता हुने मुद्दालाई सरल, सामान्य र विशेष भनी तीन श्रेणीमा वर्गीकरण गरिनेछ । सरल मुद्दा ६ महिनाभित्र फैसला हुनेछ भने सामान्यलाई १२ महिना र विशेषलाई १८ महिना लाग्नेछ ।

कुन मुद्दा कस्तो श्रेणीमा पर्ने भन्ने स्वचालित ‘सफ्टवेयर’ विकास गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए । हालको योजनाअनुसार २०८० साउन १ बाट मात्रै सर्वोच्चमा पनि यो पद्धति लागू गर्ने तयारी छ । विशेष अदालतमा पनि तत्काल लागू हुने छैन ।

गत असार १० मा सर्वोच्च अदालतको पूर्ण बैठकले मुद्दाको फरक व्यवस्थापन पद्धति (डीएमएस) लागू गर्ने निर्णय गरेको थियो । सर्वोच्चमा बिहीबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश, न्यायाधीश र न्याय प्रशासनका उच्च पदस्थ कर्मचारीले एकमुष्ट रूपमा सबै जिल्ला अदालतमा भर्चुअल माध्यमबाट नयाँ पद्धतिको सुरुवात गरे । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्