
नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी सन्तोष बल्लभ पौडेलले सम्हालेका छन्।
शुक्रबार सहायक रथी विज्ञानदेव पाण्डेले प्रवक्ताको जिम्मेवारी सहायक रथी पौडेललाई हस्तान्तरण गरेका हुन्।
पाण्डेले ०७५ चैत २९ गतेदेखि प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए।
नवनियुक्त प्रवक्ता पौडेलले राष्ट्रिय सुरक्षाको संवेदनशीलतालाई समानान्तर रुपमा लैजाने विषयमा सन्तुलन कायम हुनुपर्ने बताए।
‘हामी दुवैको मिलन बिन्दु र प्रस्थान बिन्दु त्यही नै हो,’ उनले भने।
उनी यसअघि १५ नम्बर बाहिनी र आपूर्ति तथा परिवहन निर्देशनालयको निर्देशकको जिम्मेवारीमा थिए।
पाण्डे सुर्खेतस्थित उत्तर–पश्चिम पृतनाको नेतृत्व सम्हाल्दैछन् ।