११ साउन २०८३, सोमबार

एकैदिन एक हजार दुई ४९ नेपाली स्वदेश फर्किए

साउन २, २०७७
एकैदिन एक हजार दुई ४९ नेपाली स्वदेश फर्किए
फाइल फोटो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार १५ अन्तर्राष्ट्रिय उडान भएका छन्।

यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र परेका एक हजार २ सय ४९ नेपाली स्वदेश फर्किएका हुन्।

कोभिड–१९ महामारीका कारण विभिन्न देशमा अलपत्र परेका नेपालीको उद्धारका लागि नेपालका दुई नेपाल वायु सेवा निगम  र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नेपालीको उद्धारका लागि चार्टर्ड उडान गरिरहेका छन्। 

शुक्रबार नेपाल एयरलाइन्सले दोहाबाट १ सय ६८ र दमामबाट १ सय ४६ यात्रु काठमाडौँ ल्याएको छ। हिमालय एयरलाइन्सले दमामबाट दुई उडान गरी क्रमशः १ सय ५४ र १ सय ४९ नेपाली स्वदेश फर्काएको छ।

त्यस्तै जजीरा एयरले कुवेतबाट दुई उडानमा क्रमशः १ सय ५६ र १ सय ५३ नेपाली काठमाडौँ ल्याएको छ भने एयर अरेबियाले सारजहाबाट १ सय ६७ यात्रु नेपाल ल्याएको छ।

कतार एयरवेजले दोहाबाट दुई नेपाली काठमाडौँ ल्याएको छ। थप नेपाली ल्याउन नेपाल एयरलाइन्स रियाद, बहराइन र दोहा उडेको छ। हिमालय एयरलाइन्स पनि बहराइन र दोहा उडेको विमानस्थल कार्यालयले जनाएको छ।

शनिबार पनि विभिन्न एयरलाइन्सका ११ चार्टर्ड उडान हुने विमानस्थलले तालिका सार्वजनिक गरेको छ। शुक्रबार आन्तरिकतर्फ पनि विभिन्न एयरलाइन्सका नौ चार्टर्ड उडान भएका छन्। यती एयरलाइन्स, तारा एयर, समिट एयर, सीता एयर, सिम्रिक एयर, मनाङ एयर, श्री एयर र कैलाश हेलिकोप्टरले विभिन्न गन्तब्यमा चार्टर्ड उडान गरेका हुन्।

salt training

कमेन्ट गर्नुहोस्