२९ असार २०८३, सोमबार

सडक आयोजनामा विश्व बैंकको ४५ करोड डलर

साउन ३, २०७७
सडक आयोजनामा विश्व बैंकको ४५ करोड डलर
तस्वीर सौजन्य : कान्तिपुर दैनिक

नेपालमा आर्थिक गतिविधि बढाउन विश्व बैंकले सडक आयोजनामा ४५ करोड अमेरिकी डलर बराबरको सहयोग गर्ने भएको छ ।

नेपाल सरकार र विश्व बैंकबीच शुक्रबार उक्त आयोजना सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताले यातायात पूर्वाधारको क्षमता सुरक्षा, सुधारलगायत सीमापार व्यापारको दक्षतामा सुधार गर्न सहयोग पुर्‍याउनेछ । साथै रणनीतिक सडक सञ्जाल व्यवस्थापन क्षमताको सुदृढीकरण गर्नेछ ।

आयोजना नेपाल सरकार र विश्व बैंकबीच अहिलेसम्म भएको सबैभन्दा ठूलो रहेको जनाइएको छ । अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा सरकारका तर्फबाट अर्थसचिव शिशिरकुमार ढुंगाना र नेपाल, माल्दिभ्स एवं श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

आयोजनाले सीमापार बजारलगायत सडक सञ्जाल विस्तार र राष्ट्रिय एकीकरणलाई बढवा दिँदै कोभिड–१९ पछिको आर्थिक पुनरुत्थानलाई सघाउने अर्थमन्त्री खतिवडाले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्