२२ असार २०८३, सोमबार

प्रधानमन्त्रीको राजीनामाको विषय औपचारिक एजेण्डा बनेको छैन : नारायणकाजी श्रेष्ठ

प्रधानमन्त्रीको राजीनामाको विषय औपचारिक एजेण्डा बनेको छैन : नारायणकाजी श्रेष्ठ
फाइल फोटो

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषय नेकपा स्थायी कमिटीको औपचारिक एजेण्डा बनिनसकेको बताएका छन् ।

शनिवार बसेको नेकपा सचिवालय बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारहरूले सोधेको एक प्रश्नमा प्रवक्ता श्रेष्ठले राजीनामाको विषय छलफलका क्रममा उठेको विचार भएको बताएका हुन् । 

‘प्रधानमन्त्रीको राजीनामा सम्बन्धमा त्यस प्रकारको कुनै विषय औपचारिक प्रस्ताव बनेको थिएन, पार्टीमा छलफलका क्रममा पार्टीका विभिन्न नेता कमरेडले के गरेर आजको संकट समाधान गर्न र हाम्रो जिम्मेवारी पूरा गर्न सकिन्छ भन्नेबारे विभिन्न विचार प्रस्ताव गर्नुभएको थियो,’ श्रेष्ठले भने, ‘त्यो प्रस्ताव आफ्नो ठाउँमा छ । त्यो विचार प्रस्ताव बनेको र निर्णयार्थ पेश गर्ने गरी बनेको अवस्था होइन । तैपनि स्थायी कमिटीमा र पार्टीमा देखिएका विभिन्न विचारलाई पनि सम्बोधन गर्ने गरी कसरी समाधान निकाल्न सकिन्छ भन्नेबारे छलफल जारी छ । सहमतिको आधारमा निकास निकालौं भन्ने कुरा भएको छ, छलफल जारी छ ।’

यसअघि गत असार १६ गतेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरूले ओलीको राजीनामा माग गरेपछि नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको थियो ।  

सचिवालय बैठकले सहमतिका लागि अझै गृहकार्य गर्ने र भोलिका लागि तय भएको स्थायी कमिटी बैठक नरोक्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए । 

salt training

कमेन्ट गर्नुहोस्