०२ असार २०८३, मंगलबार

नेकपा सचिवालय बैठक : मंसिरमा पार्टीको महाधिवेशन गर्ने सहमति नजिक

नेकपा सचिवालय बैठक : मंसिरमा पार्टीको महाधिवेशन गर्ने सहमति नजिक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा पार्टीको एकीकृत महाधिवेशन आगामी मंसिरमा गर्ने विषयमा सहमति नजिक पुगेको छ ।

सचिवालयमा जुटेको सहमति भोलि आइतवारका लागि निर्धारित स्थायी कमिटी बैठकमा लगेर अनुमोदन गराउने विषयमा मोटामोटी सहमति भएको सचिवालय सोतले लोकान्तरलाई जानकारी दियो । 

नेकपा बैठक सकिएपछि लोकान्तरले सचिवालयका ४ जना सदस्यलाई सम्पर्क गरेको थियो । मंसिरमा महाधिवेशन गर्ने विषयमा सबैले सांकेतिक समर्थन जनाएका थिए ।

सचिवालयमा करीब–करीब सहमतिमा पुगेको यो विषय भोलि आइतवार बस्ने स्थायी कमिटी बैठकमा पेश गरिने छ । 

स्थायी कमिटीबाट अनुमोदन भएपछि नेकपा महाधिवेशनको टुंगो लाग्ने छ । गत माघ महिनामा सम्पन्न नेकपा केन्द्रीय कमिटी बैठकले पार्टीको महाधिवेशन २०७७ चैतमा गर्ने निर्णय गरेको थियो । विशेष परिस्थिति भन्दै महाधिवेशन मंसिरमा सम्पन्न गर्ने नेकपा सचिवालयले सहमति गरेको छ ।

यससँगै नेकपाभित्र देखिएको विवाद समाधान हुने संकेत देखिएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई २०७५ जेठ ३ गते नेकपा बनेको थियो । 

नेकपा सचिवालय बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी अध्यक्ष बनाउने, २०७६ मंसिर ४ गतेको सहमति थप व्याख्या गरेर अगाडि बढ्ने समेत सहमति जुटेको स्रोतको दाबी छ । शनिवारको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको काम कारवाही सच्चाएर अघि बढ्ने बताएका थिए । 

बैठकपछि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्