
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले पार्टीभित्र चलिरहेको विवादका विषयमा कुनै सहमति नभएको प्रष्ट पारेको छ ।
अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जाल फेसबूकमा लेख्दै विभिन्न विषयमा सहमति खोज्ने क्रम जारी रहेको तर कुनै पनि विषयमा सहमति नभएको प्रस्ट पारेकी हुन् ।
‘आज अध्यक्षद्वयबीच भएको छलफलपछि बसेको पार्टी सचिवालयको बैठकमा सहमति खोज्ने क्रममा विभिन्न विषयहरू (महाधिवेशन लगायतका) मा छलफल भएतापनि कुनैपनि विषयमा सहमति भएको छैन र सम्पूर्ण विषयहरु छलफलकै क्रममा रहेकाले कोही पनि भ्रममा नपरौं,’ दाहालले लेखेकी छन् ।’