०१ साउन २०८३, शुक्रबार

देशका अधिकांश भूभागमा वर्षा, नदीमा पानीको बहाव बढ्ने, सतर्क रहन सुझाव

देशका अधिकांश भूभागमा वर्षा, नदीमा पानीको बहाव बढ्ने, सतर्क रहन सुझाव

काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ । 

आइतवार देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसुनी न्युन चापीय रेखा नेपालको तराई भूभाग देखि केही दक्षिणतिर अवस्थित छ। 

आज दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी  प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै प्रदेश १ र प्रदेश २ का एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यस्तै आइतवार राति देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी  प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा साथै कर्णाली प्रदेशका थोरै स्थानहरुमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

सतर्कता अपनाउन आह्वान
 
देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै  स्थानहरुमा र  प्रदेश १, बागमती प्रदेश, गण्डकी  प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना भएकोले  सतर्कता अपनाउन विभागले आह्वान गरेको छ । 

यस्तै  पछिल्लो ३ घण्टामा परासी, बर्दघाट, डण्डा बजार र नवलपरासीको धेरै स्थानमा भारी वर्षा मापन भएको विभागले जनाएको छ । थप वर्षा हुन सक्ने,आरूणखोला, गिरूवारी खोला र नवलपरासीको साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउन सक्ने भएकाले थप सतर्कता अपनाउन विभागले अपिल गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्