०३ असार २०८३, बुधबार

३ दिनसम्म पनि खुलेन सिद्धार्थ राजमार्ग

साउन ४, २०७७
३ दिनसम्म पनि खुलेन सिद्धार्थ राजमार्ग

पहिरोका कारण तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग अझै खुल्न सकेको छैन ।

शुक्रवार राति तानसेन नगरपालिका–८ पाल्पामा पर्ने गौडेपुल नजिकै पहिरो खस्दा खसेको थियो ।

पहिरो पन्छाउने काम भइरहे पनि वर्षासँगै पहिरो खसिरहँदा सडक खुलाउन समस्या भएको हो । लामो समयसम्म सडक बन्द हुँदै यो सडक भएर गुल्मी, स्याङजा, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी हुँदै मुस्ताङसम्म पुुग्ने सयौं मालबाहक गाडी सडकमै अलपत्र परेका छन् । 

फेरि शनिवार राति सोही सडक खण्डको सिद्धबाबा नजिकै नागढुङ्गा भन्ने स्थानमा पनि पहिरो खसेको छ ।

प्रदेश नम्बर पाँच ट्राफिक प्रहरी कार्यालय, बुटवलका डिएसपी डिल्लीनारायण पाण्डेले वर्षासँगै माथिबाट निरन्तर ढुंगा खसिरहँदा बाटो खुलाउन समस्या आएको बताए । पहिरो हटाउन पाल्पातर्फ र बुटवलतर्फबाट दुई वटा एक्जाभेटरले प्रयोग भएका छन् ।  

शुक्रबार खसेको पहिरोले लु १ क ११७५ नम्बरको ट्रक परेको थियो । पहिरोले ट्रक पुरिए पनि कुनै मानवीय क्षति नभएको पाण्डेले बताए । पहिरो हटाउने कार्य जारी रहेको र पहिरो निरन्तर झरिरहेकोले गर्दा अवस्था जोखिमपूर्ण रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्