२१ असार २०८३, आइतबार

दलित गाउँका एक्ला ‘न्यायाधीश’

कात्तिक २०, २०७४
दलित गाउँका एक्ला ‘न्यायाधीश’
बाजुरा, १९ वैशाख-बाधु–४ धिमकी लाल्जु सार्की र सपुरा सार्कीले जग्गाको सिमाना विवादमा झगडा गरे । विवाद बढ्दै गएपछि दुवै पक्ष गाउँका मुखियाकहाँ न्यायका लागि पुगे ।

मुखिया कर्ण सार्कीले दुवै पक्षलाई सम्झाए । बीचको बाटो निकाले । गाउँले भेला गराएर सबैको रोहवरमा दुवैलाई खुसी पारेर टीका लगाइदिएर झगडा मिलाइदिए । बाधुस्थित धिम गाउँका ६७ दलित परिवारमा हुने सबैखाले झैझगडा उनी यसरी नै सबैलाई चित्त बुझ्ने गरी मिलाउँछन् र टीका लगाइदिएर घर पठाउँछन् । वर्षाैंदेखि दलित बस्तीमा उनी यसरी नै एक्ला न्यायाधीशका रूपमा इन्साफ दिइरहका छन् ।

बाधु–४ धिमका ६१ वर्षीय कर्ण सार्की ६७ दलित परिवारका मुखिया हुन् । उनी गाउँमा भएका विवाद, झगडाको छलफल गरेर मिलाउँदैनन् मात्र वरपरका गाउँलेसमेत विवादमा फसे कि उनैलाई गुहार्छन् ।

केही दिनअघि मात्र स्थानीय मन्दिरे सार्कीको घरमा चोरी भयो । उनले मुखियाकहाँ उजुरी गरे । मुखियाले चोर पत्ता लगाएर चोरीको सामान फिर्ता गराएनन् मात्र, चोरलाई २ हजार रुपैयाँ जरिवाना गराए । अबदेखि चोर्न नजाने गरी कागज गराएर छाडिदिए ।

राज्यले बनाएका कानुनबारे सार्की खास जानकार छैनन् । उनलाई कानुनले कस्तो अपराधमा के सजाय गर्छ भन्ने थाहा पनि छैन । तैपनि, गाउँलेका उनी भरोसायोग्य न्यायाधीश हुन् । प्रहरी चौकी गयोे पैसा र समयको खर्च खर्च हुन्छ, मुखियाले गाउँमै मिलाइदिन्छन्, त्यसैले हामीझगडा लिएर प्रहरी र अदालत कहिल्यै पुगेका छैनौं,’ मुखियाले चोर समाएर सामान फिर्ता गराइदिएपछि मन्दिरे सार्की भन्छन् ।

मुखियाले गाउँभित्रका सबैखाले विवादमा मिलापत्र विधिबाट सबैलाई न्याय दिने गरेको स्थानीय ललितजंग सार्की बताउँछन्, राजधानीमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्