
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ३१ जना नेताहरू पार्टीबाट बाहिरिएका छन्।
पूर्वमन्त्री समेत रहेका राप्रपा नेता सुनिलबहादुर थापासहित ३१ जनाले पार्टीका सबै तहका पद र जिम्मेवारीबाट अलग हुने घोषणा गरेका हुन्। थापा पूर्वमहामन्त्री समेत हुन्।
पार्टी, संस्थापकले देखाएको सपना, परिवर्तनप्रति पार्टीको प्रतिवद्धता र आमजनमत विपरीत पार्टी गएको निस्कर्षसहित पार्टी छाडेको राजीनामा पत्रमा उल्लेख छ।
‘संविधान निर्माणमा निशर्त भूमिका निर्वाह गरेको, संविधानलाई उत्कृष्ट भनी सत्तामा सहभागी भएको अनि आफ्नै ढुलमुले नीतिका कारण जनमत गुमाएपछि संविधानप्रति असहमति जनाउने कार्य अहिले पनि भइरहेको छ,’ राजीनमा पत्रमा भनिएको छ, ‘स्वार्थ र परिस्थिति अनुकुल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हुँदा राप्रपाप्रति आमरुपमा विश्वास समाप्त भएको मात्र छैन, संस्थापकको सपनामा पनि आघात पुगेकोछ ।’
राप्रपाको द्वेध मनस्थिति र ढुलमुले दृष्टिकोणका कारण पछिल्लो निर्वाचनमा पार्टीले निराशाजनक पराजय भोग्नुपरेको उनीहरुको आरोप छ। राप्रपाहरुबीच पछिल्लो पटक एकता भएको छ।
तर, राजीनामा दिने नेताहरुले भागबण्डा मिलाएर पार्टी एकता भएको आरोप लगाएका छन्।