काठमाडौं १९ वैशाख– काठमाडौं महानगरपालिकाको मेयरका लागि नेपालका रेस्लर भरतबहादुर विसुराल (हिमालयन टाइगर)ले उम्मेदवारी दर्ता गराएका छन् ।
विसुरालले मेयरकालागि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । यसअघि गत संविधानसभा निर्वाचनमा उनी काठमाडौं क्षेत्र नम्बर १० बाट पनि उम्मेदवार बनेका थिए ।