२९ असार २०८३, सोमबार

अध्ययन भन्छ, सुगन्धले सम्बन्धलाई गाढा बनाउँछ

कात्तिक २०, २०७४
अध्ययन भन्छ, सुगन्धले सम्बन्धलाई गाढा बनाउँछ

पुरुषहरूले महिलालाई भनेको सुनिन्छ, ‘म तिमीलाई तिम्रो सुगन्धबाट चिन्छु ।’ किन उनीहरू यसो भन्छन्, कहिल्यै सोच्नुभएको छ ?


लन्डनमा गरिएको एक सर्वेक्षणमा आमाहरूलाई नवजात शिशुका कपडा चिन्न लगाइएको थियो । त्यसबाट सुँघ्ने गुण पुरुषमा मात्र नभई महिलामा पनि हुने देखिएको थियो ।

सर्वेमा करीब हजारजना महिलालाई आँखामा पट्टी बाँधेर बच्चाको कपडा सुँघ्न लगाइयो । लगभग सबै महिलाले सुँघेर आफ्नो बच्चाको कपडा चिने । महिलामा रहेको घ्राण पिण्डले उनीहरूलाई गन्ध चिन्न सजिलो बनाउने रहेछ ।

यही गुण यौन सम्बन्धको बेलामा पनि काम लाग्छ । यसैले महिलालाई पुरुषको नजिक लग्छ । व्यक्तिको गन्धले प्रेमसम्बन्धमा महत्त्व राख्ने र एकअर्कालाई निकट बनाउने काम गर्ने देखिएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्