
नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप १३९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।
संक्रमितमध्ये १३ हजार ७ सय ५४ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा ६ सय २६ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।