२८ जेठ २०८३, बिहीबार

सरकारलाई पठाइयो सोती घटनाको संसदीय समितिको छानबिन प्रतिवेदन

सरकारलाई पठाइयो सोती घटनाको संसदीय समितिको छानबिन प्रतिवेदन
फाइल फोटो

रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिकामा भएको सोती घटना छानबिन संसदीय विशेष समितिले सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको प्रतिवदेन संघीय संसदले आवश्यक कार्यान्वयनका लागि सरकारलाई पठाएको छ ।

संघीय संसदको अधिवेशन नचलेको अवस्थामा प्राप्त प्रतिवेदन सरकारलाई पठाइएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

प्रतिवेदन साउन ८ गते पठाइएको जनाइएको छ । असार ३० गते रुकुम घटना छानबिनका लागि गठित संसदीय समितिका संयोजक देवेन्द्र पौडेलले सभामुख सापकोटालाई प्रतिवेदन हस्तान्तरण गरेका थिए ।

२०७७ जेठ २६ गते बसेको प्रतिनिधिसभा बैठकबाट रुकुम पश्चिम जिल्लाको चौरजहारी घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न पौडेलको संयोजकत्वमा ९ सदस्यीय संसदीय विशेष समिति गठन भएकोमा समितिले समयमै प्रतिवेदन बुुझाएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्