
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले महाधिवेशनको तयारीमा लाग्नु नै निकासको बिन्दू भएको टिप्पणी गरेका छन् ।
सोमवार सामाजिक सञ्जाल फेसबूकमा लेख्दै पोखरेलले केन्द्रीय कमिटीले सर्वसम्मतिले महाधिवेशनक लागि तय गरेको मिति नबिर्सिन आग्रह गरेका हुन् ।
‘राष्ट्रिय आवश्यकताद्वारा निर्देशित भएर हामीले पार्टी एकता गर्यौं,’ उनले लेखेका छन्, ‘त्यो ऐतिहासिक एकता गर्दा पूरा गर्न बाँकी रहेका विचार, संगठन र नेतृत्वलाई व्यवस्थित र एकिकृत गर्न राष्ट्रिय मन्च अर्थात् महाधिवेशनको तयारीमा लागौं । केन्द्रीय कमिटीले सर्वसम्मतीले महाधिवेशनका लागि तय गरेको मितिलाई नबिर्सौं ।’