२१ असार २०८३, आइतबार

कोरोना नियन्त्रण उच्च प्राथमिकतामा राख्न मुख्यमन्त्री राउतको निर्देशन

कोरोना नियन्त्रण उच्च प्राथमिकतामा राख्न मुख्यमन्त्री राउतको निर्देशन
फाइल फोटो।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोनाको नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएका छन्।

कोरोना सङ्क्रमणको अवस्था र रोकथाम एवं नियन्त्रणको तयारी बुझ्न विरगञ्ज पुगेका मुख्यमन्त्री राउतले कोरोनाको उच्च जोखिममा रहेको प्रदेश २ मा संक्रमण नियन्त्रण तथा रोकथाम कार्यलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएका हुन्।

उनले वर्तमान अवस्थामा विकास निर्माण कार्यलाई थाँती राखेर जनताको जीवन जोगाउने कार्यमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने बताए।

सप्तरीमा कोरोना भाइरस समुदायस्तरमा प्रवेश गरिसकेको भन्दै पिसिआर परीक्षणको दायरा बढाउनका लागि थप मेसिन उपलब्ध गराउने प्रतिबद्धता दोहो¥याए।

salt training

कमेन्ट गर्नुहोस्