०३ असार २०८३, बुधबार

भारतले पाकिस्तानका दुईवटा चौकी उडायो, सात पाकिस्तानी सैनिकको मृत्यु

कात्तिक २०, २०७४
भारतले पाकिस्तानका दुईवटा चौकी उडायो, सात पाकिस्तानी सैनिकको मृत्यु

काठमाडौं, १९ वैशाख — भारतअधीनस्थ कश्मीरमा पाकिस्तानी सैनिकहरूले दुई भारतीय सैनिकको हत्या गरेर लाश क्षतविक्षत गरेको भन्दै भारतले पाकिस्तानविरुद्ध आक्रमण गरेको छ ।


भारतीय सेनाले पाकिस्तानका दुई चौकीहरू उडाएको र सातजना सैनिकलाई सिध्याएको जानकारी दिएको छ । ती चौकीहरूबाट नै पाकिस्तानी सेनाले आतंकवादीहरूलाई कभरिङ फायर दिएको बताइएको छ ।

यही क्रममा पाकिस्तानी सेनाद्वारा रकेट लन्चरमार्फत गरेको गोलीबारीमा परी सीमा सुरक्षा बलको एक अन्य जवान पनि घाइते भएका छन् । यो आक्रमणपछि नियन्त्रण रेखामा उच्च सतर्कता जारी गरिएको छ ।

पाकिस्तानी सेनाले स्नाइपरमार्फत गोली हानेर भारतीय सेनाको राहत अभियानमा बाधा पार्ने प्रयास समेत गरेको थियो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्