
कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रकाशन कार्यालय काठमाडौंले सेवाको ढाँचा परिवर्तन गर्ने भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बुधवार एक सूचना प्रकाशित गरी आगामी आइतवारदेखि जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवाको ढाँचा परिवर्तन भएको जानकारी गराएका हुन् ।
जसअनुसार नागरिकता प्रमाणपत्र र राहदानी लगायतको सेवा लिनका लागि आइतवारदेखि शुक्रवारसम्म नगरपालिका लागि दिन तोकेको छ । आइतवारको दिन काठमाडौं महानगरपालिकाभित्र बस्ने सेवाग्राहीले सेवा लिन पाउने छन् ।
संघ–संस्था दर्ता र नवीकरण, पत्रपत्रिका र छापाखाना दर्ताका लागि शुक्रवारको दिन तोकिएको छ । शान्ति सुरक्षाको निवेदन मुद्दाको काम भने दैनिक रूपमा हुनेछ ।
मन्त्रिपरिषद्को गत साउन ५ गते बसेको निर्णयानुसार जारी आदेशको ५ नम्बरबमोजिम काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला संकट व्यवस्थापन केन्द्रको साउन १२ गते बसेको बैठकको निर्णय कार्यान्वयनको सिलसिलामा अर्को व्यवस्था नभएसम्मका लागि साउन १८ गते आइतवारदेखि यो व्यवस्था लागू हुने प्रशासन कार्यालयको सूचनामा उल्लेख छ ।
हेर्नुहोस्, सूचना :
