०८ असार २०८३, सोमबार

रुकुम घटनाका पीडितलाई कलाकारको पाँच लाख सहयोग

रुकुम घटनाका पीडितलाई कलाकारको पाँच लाख सहयोग

रुकुमपश्चिमको सोती घटनाका मृतकको परिवारलाई कलाकारले पाँच लाख आर्थिक सहयोग गरेका छन्। 

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले जाजरकोटको भेरी नगरपालिकाका –प्रमुख सिपी घर्तीलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्।

जेठ १० गते भएको घटनामा सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथी लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीको कुटपिटमा परी मृत्यु भएको थियो। मृतक नवराजको शव भेरी नदीमा भटिएको थियो। नवराजसँगै केटीको घरमा गएका  अन्य पाँच जनाको पनि मृत्यु भएको थियो।
    
सहयोग रकम मृतकका प्रत्येक परिवारलाई ५० हजारका दरले तीन लाख, प्रत्येक घाइतेलाई १० हजारको दरले १२ जनालाई एक लाख २० हजार र कानुनी प्रक्रियाका लागि ८० हजार गरी जम्मा पाँच लाख रकम नगरपालिकाका प्रमुख घर्तीमार्फत पीडितलाई हस्तान्तरण गरिएको हो।  

salt training

कमेन्ट गर्नुहोस्