×

NMB BANK
NIC ASIA

पर्यटक सवारी सञ्चालनको तयारी

साउन १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक पोखरामा कोरोना महामारीको ठूलै प्रभाव परेको छ ।

Muktinath Bank

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने योजना सार्वजनिक र पर्यटनजन्य होटेल व्यवसाय एवं अन्य सम्बद्ध क्षेत्रमा लगानी बढाउनका समेत व्यवसायीलाई आग्रह ग¥यो । पोखरामा व्यवसायीले ठूलै लगानी गरे ।
    
 भ्रमण वर्ष शुरु हुँदा नहुँदै फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण पर्यटनसहितका क्षेत्र ठप्प बनेपछि यहाँका व्यवसायी यतिखेर चिन्तामा छन् । भ्रमण वर्र्ष शुरु हुनुअगावै होटेल तथा रेष्टुराँमा पूर्वाधार थप गरिनुका साथै नयाँ होटल बन्ने क्रमले गति लिएको थियो । त्यहीअनुरुप पर्यटकलाई आवतजावत गराउने सुविधासम्पन्न पर्यटक बस थप्ने क्रम पनि बढेको थियो ।
    
पोखराबाट हरियो नम्बर प्लेटमा चल्ने पर्यटक यातायातका सवारीसाधन रु ३५ लाखका कारदेखि सुविधासम्पन्न रु डेढ दुई करोडसम्मका ल्यान्डक्रुजर, कोस्टर आदि छन् । भ्रमण वर्षलाई लक्षित गरी पछिल्लो समयमा मात्रै यहाँ झण्डै रु ५० करोड बराबरका पर्यटक सवारीसाधन व्यवसायीले खरिद गरेको नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजङ्ग गुरुङले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गर्दै पर्यटन क्षेत्रमा लगानी बढाउन आग्रह गरेसँगै व्यवसायीले पछिल्लो समयमा मात्रै पनि धेरै लगानी गरिसकेका छन्”, उनले थपे, “लगानी गरेसँगै एकाएक भित्रिएको कोरोना महामारीले पर्यटन याताताय क्षेत्रको अबौँको लगानी यतिखेर जोखिममा परेको छ ।” उनका अनुसार सङ्घमा हाल विभिन्न क्षमताका ४०० पर्यटक सवारीसाधन रहेका छन् । सङ्घमा आबद्ध पर्यटक सवारी साधन बन्दाबन्दी शुरु भए यता थन्किएर बस्नुपर्दा दैनिक न्यूनतम रु दुई लाख घाटा ब्यहोर्नुपरेको उनले जानकारी दिए।
    
बन्दाबन्दी खुला गरी सार्वजनिक सवारीसाधन सञ्चालनका लागि अनुमति दिइसकेका अवस्थामा अन्य पर्यटक सवारी साधन भदौ १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ ।    व्यवसायीले पर्यटकलाई सुरक्षित महसुस गराउने गरी यातायात सञ्चालनको तयारी गरिरहेको पोखराबाट पर्यटक यातायात सेवा सञ्चालन गर्दै आएको यात्री बस प्रालिका अध्यक्ष सोमबहादुर थापाले बताए।
    
“हामी पर्यटकलाई जुनसुकै गन्तव्यमा पुग्नका लागि पनि सुरक्षित भएर यात्रा गर्दैछु भन्ने अनुभूति गराउने गरी तयारीमा जुटेका छौँ”, उनले भने, “पर्यटक सवारी साधनलाई विश्व स्वास्थ्य सङ्गठन एवं नेपाल सरकारको सुरक्षा मापदण्डअनुसार स्यानेटाइजर गर्ने र सवारी चालक एवं सहयोगी कर्मचारीलाई स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गराउनका लागि तालीम दिन थालिसकेका छौँ ।”
    
नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशले नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा पर्यटक बसमा खटिने कर्मचारीका लागि तालीम दिन शुरु गरिसकेको सङ्घका अध्यक्ष गुरुङले जानकारी दिए। सामाजिक दूरी कायम गर्दै सङ्घले प्रत्येक समूहमा २५/२५ जनाको दरले सवारी साधनको स्यानेटाइज एवं यातायात कर्मचारीले पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षा मापदण्डलगायतका विषयमा जानकारी दिन तालीम थालेको छ । उहाँका अनुसार पहिलो चरणमा तीन समूहका ७५ जनालाई तालीम दिइसकेको छ । अगामी भदौ १ गतेदेखि सवारी साधन सञ्चालनमा ल्याउने गरी सबै किसिमका तयारी अघि बढाइएको उहाँले जानकारी दिए । 
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x