नेपाली बजारमा छापावाल सुनको मूल्य ९९ हजार रुपैयाँ पुगेको छ ।
बिहीवार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मूल्य ९८ हजार ५ सय ६० रुपैयाँ पुगेको छ ।
बुधवार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ पुगेको थियो भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ६५ रुपैयाँ कायम भएको थियो ।
चाँदीको मूल्य यसदिन १ हजार २ सय २५ रुपैयाँ कायम भएको छ ।