१९ असार २०८३, शुक्रबार

कांग्रेस कार्यकर्ताले नै जलाए सभापति देउवाको पुत्ला

कात्तिक २०, २०७४
कांग्रेस कार्यकर्ताले नै जलाए सभापति देउवाको पुत्ला

काठमाडौं, १९ वैशाख– वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय चुनावका लागि उम्मेदवार छनौटको विषयले नेपाली कांग्रेसभित्र नयाँ विवाद सिर्जना भएको छ ।

उम्मेदवारी विवादको विषयले उग्र रुप नै लिएको छ । उम्मेदवार छनौटमा हस्तक्षेप गरेको भन्दै नेपाली कांग्रेस जुम्लाका कार्यकर्ताले सभापति शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।

कांग्रेस जुम्ला समितिले चयन गरेका व्यत्तिलाई टिकट नदिएर केन्द्रबाट हस्तक्षेप गरी कान्तिका सेजुवाललाई चन्दननाथ नगरपालिकाको मेयर पदको टिकट दिएको भन्दै देउवाको पुत्ला दहन गरेका हुन् ।

जिल्ला कार्यसमितिले चन्दननाथ नगर प्रमुखमा राजुसिंह कठायतलाई बहुमतीय प्रणालिबाट सिफारिस गरेको थियो ।

यस्तै स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौट गर्ने विषयमा सभापति देउवाले एकलौटी गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विरोध जनाएको छ ।

काठमाडौं महानगरपालिकाको उम्मेदवार छनौटको विषयमा नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा कुटाकुट नै भएको छ ।

काठमाडौंको मेयरका लागि उम्मेदवार छनोटमा प्रकाशमान सिंहले मनपरि गरेको भन्दै भिमसेनदास प्रधानसहितको एक समूहले केन्द्रीय कार्यालयमा नाराबाजी गरेको छ ।

काठमाडौं कांग्रेसका पूर्वसभापतिसमेत रहेका सांसद प्रधानसहितको समूहले प्रकाशमान निकट एक कार्यकर्ता अनिल श्रेष्ठलाई कुटपिट गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्