०३ असार २०८३, बुधबार

फेरि बढ्यो इन्धनको मूल्य

साउन १८, २०७७
फेरि बढ्यो इन्धनको मूल्य

नेपाल आयल निगमले इन्धनमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले यहाँ पनि पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २/२ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले अगस्ट १ मा पठाएको मूल्यसूचीअनुसार इन्धनको मूल्य समायोजन गरिएको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए ।

‘कच्चा तेलको मूल्य, डलरको विनियम दर र आईओसीबाट प्राप्त मूल्यसूचीका आधारमा इन्धनको साविकको खुद्रा बिक्री मूल्यमा २ रुपैयाँ बढाउने निर्णय भएको छ,’ उनले भने, ‘मूल्य समायोजन गरे पनि निगमलाई पेट्रोलमा १ रुपैयाँ २३ पैसा र डिजेलमा १ रुपैयाँ १५ पैसा नोक्सान नै छ ।’

मूल्य समायोजनपछि पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १ सय ४, डिजेलको ९० र मट्टीतेलको ९० रुपैयाँ पुगेको छ । हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् छ । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्