![विध म्यानेजमेन्टद्वारा काठमाडौंका ५० जना ट्राफिक प्रहरीको निःशुल्क कोरोना परीक्षण [तस्वीरमा हेर्नुहोस्]](https://lktcdn2.prixacdn.net/media/WhatsApp_Image_2020-08-02_at_3.45.12_PM_1_LoDchT3Igw.jpeg)
सरकारबाट मान्यता लिएर कोभिड १९ (कोरोना भाइरस) परीक्षणको जिम्मा पाएको विध म्यानेजमेन्ट प्रा.लि ले ५० जना ट्राफिक प्रहरीको निःशुल्क कोरोना परीक्षण गरेको छ ।
पछिल्लो समय सुरक्षाकर्मीमा संक्रमण दर बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै म्यानेजमेन्टले निःशुल्क परीक्षण गरेको हो ।
सरकारबाट अनुमति लिएर कोरोना परीक्षण गर्दै आएको विध म्यानेजमेन्टले अब ४ हजारमै आरटी पीसीआर परीक्षण गरिरहेको छ ।
ट्राफिक प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टी भएपछि ट्राफिक महाशाखा सिल भएको थियो । म्यानेजमेन्टले काठमाडौंको थापाथलीमा कार्यरत ५० जनाको स्वाब संकलन गरिएको हो । ट्राफिक प्रहरी प्रवक्ता बामदेव गौतमले थापाथलीमा कार्यरत ५० जनाको स्वाब लिइएको बताएको छ ।
म्यानेजमेन्टका अनुसार उनीहरुको रिपोर्ट ४ घन्टामा नै दिइने गरी तयारी गरिएको छ ।
ट्राफिक महाशाखा अन्तरगत अहिले १ हजार ४ सय ६८ प्रहरी कार्यरत छन् ।

















