कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
अविरल वर्षासँगै खोलामा आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको सडक आठ दिनको प्रयासपछि सञ्चालनमा आएको छ । चितवनको नारायणगढ–सिमलढाप सडकअन्तर्गत इच्छाकामना–७ स्थित हरिपुरखोलाको मोटरेबल पुल बगाएपछि साउन १२ गते रातिदेखि सडक अवरुद्ध बनेको थियो ।
सडक अवरुद्ध भएपछि उक्त खोलामा डाइभर्सन निर्माण गरी सोमबारदेखि सडक सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो । तत्काल काम शुरु गरे पनि आवश्यक सामान बेलैमा उपलब्ध नहँुदा र बाढी निरन्तर आइरहँदा सडक सञ्चालन गर्न ढिलाइ भएको उनको भनाइ छ ।
अध्यक्ष गुरुङले भन्नुभयो, “बाढीले पुल बगाउनेबित्तिकै हामीले सडक निर्माण शुरु गरेका हौँ, एक÷दुई दिनमा सक्ने लक्ष्यका साथ काम गरेका थियौं तर आवश्यक सामग्री समयमा उपलब्ध भएन, बाढी पनि पनि निरन्तर आइरह्यो, आठ दिनमा सडक सञ्चालन गर्न सफल भएका छौँ ।” नागरिकको दुःखलाई आत्मसाथ गर्दै तत्कालका लागि अस्थायी बाटो निर्माण गरिएको र छिट्टै उक्त स्थानमा नयाँ पक्की मोटरेबल पुल निर्माण गर्ने पनि अध्यक्ष गुरुङले प्रतिबद्धता व्यक्त गरे।
बाढीले पुल बगाउँदा इच्छाकामना–७ स्थित सिमलढाप, गर्दास, खेतबारी, स्याङ्दीलगायतका स्थानका करिब एक हजार ५०० घरधुरीका नागरिकलाई सदरमुकाम भरतपुर र गाउँपालिकाको कार्यालय कुरिनटार आवतजावतका लागि समस्या भएको थियो । पुल बगाएकै कारण बिरामी हँुदासमेत अस्पताल जानसक्ने अवस्था नभएको वडा नं ७ का वडाध्यक्ष बमबहादुर रानाले बताउनुभयो । उनले भने, “गाउँपालिका कार्यालयदेखि सदरमुकाम भरतपुर र अस्पताल जानका लागि स्थानीयवासीलाई समस्या परेको थियो, तत्कालका लागि अस्थायीरूपमै भए पनि चाँडोभन्दा चाँडो नागरिकको समस्या समाधान गरेका छौँ ।” अब नयाँ पक्की पुल निर्माणका लागि चाँडै पहल गरिने पनि उनले बताए ।
यस्तै उक्त स्थानमा अस्थायी बाटो निर्माणका लागि करिब रु १३ लाख खर्च भएको गाउँपालिकाका प्राविधिक भरत गुरुङले जानकारी दिनुभयो । नवनिर्मित उक्त बाटोबाट छ चक्केसम्मका गाडी वारपार गर्न सकिने गरी निर्माण गरिएको उनले बताए । अस्थायी बाटो निर्माण भएसँगै इच्छाकामना–७ का नागरिकलाई आवतजावतमा सहज भएको छ । उक्त सडक भएर दैनिक ३०० भन्दा बढी मोटरसाइकल र १०० भन्दा बढी साना–ठूला सवारी साधन चल्ने गर्छन् ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...