२७ जेठ २०८३, बुधबार

दाङमा १८ करोडको खानेपानी योजना, २ हजार परिवारलाई २४ घन्टा पानी उपलब्ध गराउने लक्ष्य

साउन २७, २०७७
दाङमा १८ करोडको खानेपानी योजना, २ हजार परिवारलाई २४ घन्टा पानी उपलब्ध गराउने लक्ष्य

दाङको घोराही उपमहानगरपालिकाअन्तर्गत बजार क्षेत्रमा रहेको भरतपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले ठूलो लगानीमा आधुनिक खानेपानी योजना शुरु गरेको छ।

संस्थाले १८ करोडको लगानीमा आधुनिक खानेपानी योजना शुरु गरेको हो। 

खानेपानी तथा सरसफाइ मन्त्रालयअन्तर्गत सञ्चालित खानेपानी तथा ढल व्यवस्थापन आयोजना, बुटवल र उपभोक्ता संस्थाबीचको सहकार्यमा खानेपानी योजना निर्माणको काम शुरु भएको संस्थाका अध्यक्ष शङ्कर गौतमले जानकारी दिए। 

घोराहीका–१५ र १७ का करीब दुई हजार २०० घरधुरीमा २४ घण्टा खानेपानीको धारा उपलब्ध गराउने गरी थालिएको आयोजनामा सरकारको ७० र उपभोक्ताको ३० प्रतिशत जनसहभागिता रहेको अध्यक्ष गौतमले जानकारी दिए।

अध्यक्ष गौतमका अनुसार नयाँखानेपानी आयोजनाको कूल लागत १८ करोड चार लाख ४७ हजार ५८ रहेको छ। उक्त आयोजना आगामी २०७८ सालको असारसम्म सम्पन्न गर्ने गरी काम भइरहेको उनले जानकारी दिए। 

करीब ४१ किलोमिटर नयाँ पाइपलाइन विस्तार गरी वितरण हुने खानेपानीका लागि १० वटा डिप बोरिङबाट सङ्कलन हुने र अत्याधुनिक प्रणालीबाट पानी शुद्धीकरण गरी चौबिसै घण्टा घरघरमा खानेपानीको धारा पु-याउने गरी काम भइरहेको अध्यक्ष गौतमले बताए।

अहिले खानेपानीको अभाव देखिएका क्षेत्रलाई प्राथमिकतामा राखेर खानेपानी वितरण गर्ने योजनाका साथ काम भइरहेको उनको भनाइ छ। 

salt training

कमेन्ट गर्नुहोस्