११ साउन २०८३, सोमबार

मध्यपुरथिमिको उद्योगमा आगलागी

साउन २७, २०७७
मध्यपुरथिमिको उद्योगमा आगलागी
प्रतिकार्यात्मक तस्वीर।

स्यानेटाइजरलगायत विभिन्न रसायन बनाउने एक उद्योगमा मंगलबार साँझ आगलागी भएको छ। 

मध्यपुरथिमि नगरपालिका–६ स्थित युनाइटेड नेपाल केमिकल प्राइभेट लिमिटेडमा साँझ ६ बजेदेखि आगलागी भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। 

भक्तपुर र ललितपुरको दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाइएको छ। साँझ आकाशबाट समेत पानी परेपछि आगो नियन्त्रणमा सहज भए पनि पूर्णरुपमा नियन्त्रणमा आएको छैन। आगलागीको कारण र क्षति विवरण भने आउन बाँकी रहेको उहाँले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्