
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय ३८ कोरोना संक्रमित थपिएको जनाएको छ ।
बुधवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १० हजार ४ सय ८१ पीसीआर परीक्षण गरिएको र त्यसमा देशभरबाट ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको बताएका हुन् ।
त्यसमध्ये काठमाडौँ उपत्यकामा १ सय ३८ जनामा संक्रमण देखिएको छ ।
डा. गौतमका अनुसार काठमाडौँ जिल्लामा १ सय ९, भक्तपुरमा ८ र ललितपुरमा २१ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या ६४ रहेको छ भने हालसम्म १६ हजार ७ सय २८ कोरोना संक्रमण जितेर घर फर्किसकेका छन् ।