३१ असार २०८३, बुधबार

गृहले गर्‍याे सवारी पास बन्द, ७७ वटै प्रशासनलाई परिपत्र

गृहले  गर्‍याे सवारी पास बन्द, ७७ वटै प्रशासनलाई परिपत्र

काेराेना भाइरस संक्रमितकाे संख्या दिनप्रतिदिन बढ्दै गएपछि गृह मन्त्रालयले सवारी पास बन्द गरेकाे छ। गृहले बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै भाेलि बिहीबारदेखि सवारी पास जारी नगर्न भनेकाे हाे।

यसअघि जिल्ला प्रशासन कार्यालयहरुले अन्तरजिल्ला सवारी पास जारी गर्दै आएका थिए।

गत साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले काठमाडाैं उपत्यका र सक्रिय संक्रमित २ सय नाघेका जिल्लामा अतिआवश्यक बाहेक अन्तरजिल्ला आवागमन बन्द गरेकाे थियाे। अति आवश्यक कामले सवारीसाधन लिएर अन्तरजिल्ला जानु परे जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिनु पर्दथ्याे।

तर गृहले अर्काे व्यवस्था जारी नभएसम्मका लागि भन्दै पास जारी नगर्न भनेकाे हाे।

सरकारले गत चैत ११ गतेदेखि जारी गरेकाे लकडाउन साउन ६ गते मध्यरातिदेखि अन्त्य गरेकाे थियाे। तर काठमाडाै‌ं उपत्यकासहित विशेषगरी तराईका जिल्लामा संक्रमण बढ्नुका साथै ज्यान गुमाउनकाे संख्या बढ्न थालेपछि सरकारले प्रतिबन्धात्मक आदेश जारी गरिसकेकाे छ। यसअघि भदाै १ गतेबाट खुल्ने भनिएका लामाे दूरीकाे यातायात, हवाई उडान र विद्यालय भर्ना पनि अनिश्चित जस्तै बनेकाे छ।

सरकारले पछिल्लाे पटक लकडाउन त घाेषणा गरेकाे छैन । तर संक्रमण बढी फैलिएका जिल्ला, स्थानीय तहमा स्थानीय प्रशासनले लकडाउन/निशेधाज्ञा जारी गरिरहेका छन्। काठमाडाैं उपत्यका र सक्रिय संक्रमित २ सय नाघेका जिल्लामा राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न पनि निषेध गरिएकाे छ। ती जिल्लामा सार्वजनिक र निजी सवारीसाधनमा जाेरबिजाेर प्रणाली लागू गरिएकाे छ। 

salt training

कमेन्ट गर्नुहोस्