३१ असार २०८३, बुधबार

वडाध्यक्ष ५० हजार धरौटीमा रिहा

साउन २८, २०७७
वडाध्यक्ष ५० हजार धरौटीमा रिहा

ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष गोपाल महर्जन धरौटीमा रिहा भएका छन्। 

मिर्गौला प्रत्यारोपण गर्दा नाता नै नपर्ने व्यक्तिलाई आफन्त बनाएको आरोपमा प्रहरीले उनलाई असार २८ गते नियन्त्रणमा लिएको थियो। 

जिल्ला सरकारी वकिल कार्यालय ललितपुरका प्रमुख मोना सिंहले ललितपुर जिल्ला अदालतको आदेशमा महर्जनबुधबार ५० हजार धरौटीमा छुटेको जानकारी दिए।
प्रहरीले महर्जनसहित अन्य १२ जना व्यक्तिलाई त्यस दिन नियन्त्रणमा लिएको थियो। अन्य थप सात जना भने अझै फरार रहेका सिंहले बताए।

salt training

कमेन्ट गर्नुहोस्