२२ जेठ २०८३, शुक्रबार

इम्यूनिटी पावर बढाउन दही खानुस्, यस्ता छन् दहीका अनेकौं फाइदा

साउन २९, २०७७
इम्यूनिटी पावर बढाउन दही खानुस्, यस्ता छन् दहीका अनेकौं फाइदा

दहीले स्वास्थ्यलाई धेरै फाइदा गर्छ । दहीमा भएका रासायनिक पदार्थका कारण यो छिट्टै पच्छ । अपच, कब्जियत र ग्यासको समस्या भएका मानिसलाई दही लाभदायक हुन्छ । 

तर गलत तरिका वा गलत समयमा दही खाँदा शरीरलाई हानि हुन्छ । तपाईंले पनि दही खाँदा गल्ती गरिरहनुभएको छ भने बानी सुधार्नुस् । 

एलर्जी

जोर्नीमा पीडा अनि छालामा एलर्जी छ भने दही नखानुस् । दही खाँदा समस्या चर्किन्छ । 

तत्कालै नसुत्नुस्
दही खानेबित्तिकै सुत्दा बोसो बढ्छ । 

राति नखानुस्
राति दही खाएर सुत्दा कफ, रुघा र खोकी जस्ता समस्या आउन सक्छन् । 

अमिलो दही नखानुस्
दही धेरै दिनको पुरानो वा अमिलो छ भने खाँदै नखानुस् । यसबाट फूड प्वाइजनिङ, एसिडटी वा पेटको खराबी हुन सक्छ । 

नतताउनुस्
दहीलाई कहिल्यै पनि तताएर नखानुस् किनकि त्यसो गर्दा दहीमा भएका राम्रा ब्याक्टेरिया सकिन्छन् । 

दमको रोगीले नखानुस्
तपाईंलाई दमको रोग छ वा पिनास छ भने दही नखानुस् । यसले श्वासप्रश्वासको समस्या झनै बढाउँछ । 

मासुसँग नखानुस्
मासुसँग दही खाने बानी तत्कालै त्याग्नुस् किनकि यसो गर्दा एलर्जी, छालाको समस्या र पेट खराब हुन्छ । 

यस्ता समस्या भएका मानिसलाई दहीले फाइदा गर्छ :

कम इम्युनिटी
रोगप्रतिरोधक क्षमता कम भएका मानिसलाई दहीले खुबै फाइदा गर्छ । दहीले इम्युनिटी बूस्टिङ स्तर बढाउँछ । 

मोटोपन
मोटोपनको समस्या बेहोरिरहेका मानिसले तौल घटाउन दही सेवन गर्नु ठीक हुन्छ । 

मधुमेह
मधुमेहका रोगी महिलाको योनिमा यीस्ट संक्रमण भएमा दही खाँदा ठीक हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्