
जिल्ला अदालत तनहुँले बलात्कार मुद्दामा एक जनालाई साढे सात वर्ष कैद फैसला सुनाएको छ।
जिल्ला कारागार तनहुँको थुनामा रहेका घिरिङ गाउँपालिका–५ बस्ने प्रेमबहादुर रानालाई सात वर्ष ६ महिना कैदको सजाय सुनाएको हो। जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले पीडित महिलालाई पीडकबाट ५० हजार क्षतिपूर्ति तिराउने फैसला पनि गरेको छ।
घिरिङ –५ स्थित एक महिलालाई बलात्कार गरेको अभियोगमा राना पक्राउ परेका थिए। उनीविरुद्ध ०७६ फागुन २ गते अदालतमा मुद्दा दर्ता भएको थियो।