
सिन्धुपाल्चोकको जुगल गाउँपालिका दुई लिदीमा सुख्खा पहिरो जाँदा २५ घर पुरिएको आशंका गरिएको छ ।
बिहान ६ बजेदेखि साढे ६ बजेको समयमा गएको सुख्खा पहिरोले २५ घरहरू पुरिएको जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार केही घाइतेहरूलाई पहिरोबाट निकालिएको छ ।
यता केही घरहरू पुरिएको भएपनि कति पुरिएको हो यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधव प्रसाद काफ्लेले लोकान्तरलाई जानकारी दिए ।
बिहान ६ बजेदेखि साढे ६ बजेसम्मको अवधिमा पहिरो गएको हो ।
जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलतर्फ टोली जाँदै गरेको उनले बताए । प्रहरी कार्यालयबाट घटनास्थल करिब १८ किलोमिटर पैदल हिड्नुपर्ने डीएसपी काफ्लेले जानकारी दिए ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।