
तनहुँ जिल्लामा एकैपटक २० जना काेराेना संक्रमित फेला परेका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार जारी गरेकाे विज्ञप्ति अनुसार तनहुँकाे भानु नगरपालिकाका २० मध्ये १४ पुरूष र ६ महिलामा संक्रमण देखिएको हाे।
यस्तै स्याङ्जाकाे पुतलीबजारमा १ पुरूषमा संक्रमण देखिएकाे छ। याे सहित गण्डकी प्रदेशमा कुल संक्रमित संख्या १ हजार ६ सय ८१ पुगेकाे छ ।
शुक्रबार भेटिएका संक्रमितकाे नमुना परीक्षण क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको हाे ।
