०२ साउन २०८३, शनिबार

ग्लोबल आइएमई बैंकले गरायो कर्मचारीहरूको कोरोना बीमा

ग्लोबल आइएमई बैंकले गरायो कर्मचारीहरूको कोरोना बीमा

ग्लोबल आइएमई बैंक लिमिटेडले कोरोना भाइरस (कोभिड–१९) को बढ्दो कहरलाई मध्यनजर गर्दैै आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ ।

बैंकले यस बिषम र प्रतिकुल अवस्था पनि आफ्ना ग्राहकहरुलाई सेवा दिनका लागी खटीरहेका कर्मचारीहरुको सुरक्षालाई प्राथमिकता दिई स्थायी, करार, प्रशिक्षार्थी तथा परिक्षणकालमा रहेका, कार्यालय सहयोगी, सुरक्षा गार्ड लगायत बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोभिड–१९ बीमा गराएको हो । 

बैंकले आफ्नो हरेक कर्मचारीको १ लाख रुपैंया बराबरको बीमा गराएको छ ।

बीमामा उल्लिखित सम्झौता अनुसार बैंकको कर्मचारीमा कोरोना संक्रमण भई पि.सि.आर. परिक्षणमा कोभिड–१९ पोजेटिभ देखिएको अवस्थामा बीमा कम्पनीबाट बीमा दावी रकम भुक्तानी हुने व्यवस्था मिलाएको छ । 

 

salt training

कमेन्ट गर्नुहोस्