०३ असार २०८३, बुधबार

प्रधानमन्त्री र पार्टी सभापतिको आग्रहपछि गृहमन्त्री निधिद्वारा राजीनामा फिर्ता

कात्तिक २०, २०७४
प्रधानमन्त्री र पार्टी सभापतिको आग्रहपछि गृहमन्त्री निधिद्वारा राजीनामा फिर्ता
काठमाडौं २१ वैशाख – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बिहीवार विहान भएको छलफलपछि उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिले पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।

उपप्रधानमन्त्रीको बरियता बिवादका कारण असन्तुष्ट निधिले प्रधानन्यायाधीश सुशीला कार्की बिरुद्ध महाअभियोग लगाएपछि वैशाख १७ गते राजीनामा दिएका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र देउवासंग बिहान भएको छलफल पछि निधिले राजीनामा फिर्ता लिने निर्णय भएको निधिका प्रेस सल्लाहकार रामजी दाहालले लोकान्तरलाई जानकारी दिए । निधिको राजीनामा स्वीकृत भइनसकेका कारण उनले पुनः शपथ लिनु पर्ने छैन् ।

बिहीवार जनकपुर जाने पूर्वनिर्धारित कार्यक्रम रहेकोले गृहमन्त्री निधि भोलिदेखि नियमित रुपमा मन्त्रालय जाने भएका छन् । गृहमन्त्रीबाट राजीनामा दिएपछि उनले पुल्चोकस्थित सरकारी निवास छाड्ने तयारी गरेका थिए ।

स्थानीय तहको निर्वाचन गर्ने जिम्मेवारी पूरा गर्न प्रधानमन्त्री प्रचण्ड र पार्टी सभापति देउवाको आग्रहपछि निधि राजीनामा फिर्ता लिन सहमत भएका हुन् । निधि प्रधानमन्त्री प्रचण्ड पछि दोस्रो बरियतामा रहने भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्