०३ असार २०८३, बुधबार

नेविसङ्घद्वारा विश्वविद्यालयमा राजनीतिक भागबण्डा अन्त्य माग

नेविसङ्घद्वारा विश्वविद्यालयमा राजनीतिक भागबण्डा अन्त्य माग

नेपाल विद्यार्थी सङ्घले झुटा मुद्दा लगाई प्रहरी हिरासतमा राखिएका भनिएका आफ्ना नेता कार्यकर्ताको रिहाइको माग गर्दै देशभरिका विभिन्न क्याम्पसमा क्याम्पस एकाइमार्फत तालाबन्दी गरेको छ ।

नेविसङ्घले काठमाडौँ र वीरगञ्जमा गिरफ्तार गरिएका विद्यार्थी नेता तुरुन्त रिहा गर्न र ‘झुटा मुद्दा’ खारेज गर्न माग गरेको नेविसङ्घका महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयका विकृति अन्त्य र शैक्षिक सुधारको माग गर्दै शान्तिपूर्ण दबाबमूलक कार्यक्रमको सुनुवाइ नभएपछि तालाबन्दी गर्नुपरेको जनाउँदै सो क्रममा नौ नेता एवं कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको नेविसङ्घले जनाएको छ ।

यसैगरी कोरोना भाइरस सङ्क्रमणको रोकथाम र उपचारलाई प्रभावकारी बनाउन माग गर्नेक्रममा वीरगञ्जमा एक कार्यकर्ता पक्राउ परेको उनले बताए । नेविसंघले त्रिविविमा विकृति, विसङ्गति र राजनीतिक भागबण्डाको अन्त्य हुनुपर्ने, पोखरा विश्वविद्यालय र अन्य विश्वविद्यालयमा तत्काल पदाधिकारी नियुक्त गर्नुपर्नेसमेत माग गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्